सामूहिक बलात्कारको आरोपमा ९ जना पक्राउ

265
  •  
  •  
  •  

नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले सामुहिक बलात्कारको आरोपमा नौ जनालाई पक्राउ गरेको छ ।

१९ वर्षिया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा नौ जनालाई पक्राउ गरेको हो ।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका– वडा नम्बर तीन सेखुवानामा दश जना यूवाहरुको समूहले भदौ २२ गते घरबाट काममा जाँदै गरेकी एक यूवतीलाई डर त्रास देखाई सामूहिक रुपमा गरेको आरोप लागेको छ ।

ईलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी उनीहरुलाई पक्राउ गरेको हो । फरार एक जनाको पनि खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सुस्ता–३ फेनहरा बस्ने वर्ष ४५ को सुरेन्द्र यादव, सोही ठाउँ बस्ने वर्ष २५ को मनमोहन राजभर, वर्ष २२ को शिवराज राजभर, वर्ष ३७ को भीमलाल मुसहर, वर्ष २२ को सन्दीप यादव, वर्ष २२ कै राजु मुसहर, वर्ष ४० को नेत्र चौधरी, वर्ष १९ को पिल्टु चौधरी, वर्ष १९ को अमरनाथ भेडिहार रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

पक्राउ परेकालाई जवरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •