सामसुङको छाता उपहार योजना

435
  •  
  •  
  •  

काठमाडौं,३१असार (ओएनएस)। नेपालका लागि सामसुङ मोवाइलको आधिकारीक विक्रेता आइएमएसले छाता उपहार योजना सञ्चालनमा ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकले २० हजार वा सो भन्दा माथिको सामसुङ मोवाइल,एसेसरिज तथा गियर अथवा ट्यावको खरिदमा सामसुङको आकर्षक छाता प्राप्त गर्न सक्नेछन् ।

यो योजना सामसुङको स्मार्टफोन क्याफे तथा सिमित रिटेल स्टोरहरुमा मात्र लागु गरिने कम्पनीले जानकारी दिएको छ ।


  •  
  •  
  •