यसकारण पड्किएको थियो सामसुङ नोट सेभेनको ब्याट्री

407
  •  
  •  
  •  

REUTERS
REUTERS

काठमाडौं, (एजेन्सी) : सामसुङ ग्यालेक्सी नोट सेभेन पड्किनुको कारण फोनको सफ्टवेयर वा हार्डवेयर नभएर ब्याट्रीको समस्या भएको जनाइएको छ ।

दक्षिण कोरियाली कम्पनी सामसुङका अनुसार अन्तर्राष्ट्रिय तथा व्यक्तिगत अध्ययनका आधारमा नोट सेभेन विस्फोटको कारण ब्याट्रीको समस्या भएको पत्ता लागेको हो ।

सोमवार एक छानबिन रिपोर्ट सार्वजनिक गर्दै अन्य कुनै हार्डवेयर तथा सफ्टवेयरको समस्या नभएर ब्याट्रीको मात्र समस्या भएको बताएको छ ।
एक आन्तरिक स्वतन्त्र छानविनले सो नतिजा निकालेको प्रेस विज्ञप्तीमार्फत कम्पनीले जनाएको हो ।

ब्याट्री तातेर जल्ने तथा पड्कने समस्याका कारण सुरुमा सामसङले गत अक्टोवरमा विश्व बजारबाट त्यस्ता स्मार्टफोनहरु फिर्ता ल्याएको थियो भने पछि त्यसको उत्पादन र बिक्री वितरण नै बन्द गरेको थियो । जसका कारण सो कम्पनीको विश्वसनियातमा आघात पुग्नुका साथै ५.३ बिलियन डलर बराबरको घाटा भएको थियो ।


  •  
  •  
  •