सामसुङको दुई नयाँ गियर बजारमा

234
  •  
  •  
  •  

Samsung(1)सामसुङ व्राण्डका दुई नयाँ गियर नेपाली बजारमा भित्रिएको छ । गियरमा रहेको म्याग्नेटिक सेन्सरको मदतले फोन उठाउने तथा गीत प्ले गर्न सकिन्छ ।

त्यस्तै टच सेनसरले ध्वनी समेत कन्ट्रोल गर्न सकिने बताइएको छ । यसमा व्लुटुथ,हाब्रिड कनाल इयरफोन,सिंगल एमइएमएस माइकलगायत सुविधाहरु रहेका छन् ।

१८ सय एमएच व्याट्रि रहेको गियर सर्कलको मूल्य ११ हजार ५ सय रहेको सामसुङको नेपालका लागि आधिकारीक विक्रेता आइएमएसले कम्पनीले जानकारी दिएको छ ।

सामसुङ गियर एस एक्सआईमा  २ इन्चको कभ्रड सुपर एमोलेड स्क्रिन छ जसले गियरलाई हातमा बाँध्न सजिलो हुने बताइएको छ ।

१ गिगाहर्जको डुअल कोर प्रोसेसर रहेको गियर एसमा ५ सय १२ एमवी ¥याम र चार जीवीको मेमोरी समेत छ । दुई ओटा सिम राख्न मिल्ने यसमा थ्रीजी नेटवर्क सपोर्ट गर्ने गियर एसमा  ब्लुटुथ र वाइफाइको पनि सुविधा छ । यसको बजार मूल्य ४१ हजार ९ सय तोकिएको छ ।


  •  
  •  
  •