सामसुङको स्मार्टफोनको मूल्य २५ हजार घट्यो

281
  •  
  •  
  •  

samsung-galaxy-s5काठमाडौ, २३ कात्तिक(एजेन्सी) : कोरियन मोबाइल कम्पनी सामसुङले सामसुङ ग्यालेक्सी एस ५ र सामसुङ ग्यालेक्सी एस ५ एलटीई भेरियन्टको मूल्य घटाएको छ ।सामसुङ ग्यालेक्सी एस ५ अब ५५ हजार ८ सय पर्नेछ । पहिले यसको मूल्य ६० हजार थियो र अहिले ४ हजार २ सय रूपैयाँ घटेको छ । यता सामसुङ ग्यालेक्सी एस ५ एलटिई भेरियन्टको मूल्य पनि करिब साढे पाँच हजार घटेर ५९ हजारमा पाइने भएको छ । पहिले यसको मूल्य करिब साढे ६४ हजार थियो ।

सामसुङ ग्यालेक्सी एस ५ को मूल्य लगातार घटिरहेको छ । गत अप्रिलमा ८२ हजार ४ सय रूपैयाँमा सार्वजनिक गरेको थियो । केही समय पछि घटेर ७३ हजार ६ सय पुगेको थियो र लगातार घट्ने क्रममा अहिले यसको मूल्य ५५ हजार ८ मा आईपुगेको छ । यस हिसाबले सार्वजनिक भएदेखी करिब १६ हजार घटेको छ ।

यस्तै, सामसुङ ग्यालेक्सी एस ५ एलटीईको सार्वजनिक गर्दाको मूल्य ८५ हजार ५ सय थियो । अहिले उक्त स्मार्टफोनको मूल्य घटेर ५९ हजार पुगेको छ । यस हिसाबले उक्त स्मार्टफोनको मूल्य २६ हजार ५ सयले कमी आएको छ ।

सामसुङ ग्यालेक्सी एस ५ मा ५.१ इन्चको सुपर एमोलेड स्क्रिन रहेको छ जुन उत्कृष्ट डिस्प्लेका लागि चिनिन्छ । स्क्रिन कोर्निङ गोरिला ग्लास ३ कोटेड रहेको हुनाले केही रगडिँदा पनि केही फरक पर्दैन ।


  •  
  •  
  •