सामसुङद्धारा पाँच गुणा गतिको वाई-फाई प्रविधि विकास

67
  •  
  •  
  •  

Samsung-Logoकाठमाडौ, २६ असोज (एजेन्सी) : सामसुङ इलेक्ट्रोनिक्सले अहिले भइरहेको भन्दा पाँच गुणा तिव्र गतिको वाई-फाई प्रविधी विकास गरेको दावी गरेको छ ।

सामसुङले विकास गरिएको भनिएको ६० गिजाहर्ज वाईफाई प्रविधीको प्रयोगले १ जिबीको फिल्म मात्र तीन सेकेण्डमा एक डिभाईसबाट अर्कोमा पठाउन सकिन्छ । उक्त प्रविधीले सैद्धान्तिक र वास्तविक तिव्रताबीचको खाडललाई पुर्न मद्धत गर्छ र १० गुणा बढि गतिमा डाटा ट्रान्सफर गर्न सकिन्छ ।

सामसुङका अनुसन्धान तथा विकास इकाईका प्रमुख किम चाङ योङले सामसुङ कम्पनीको यो विकासले थप नयाँ प्रविधीको विकास गर्नका लागि सम्भावनाहरू रहेको समेत बताएको बताएका छन् ।

सामसुङले यस्तो प्रविधीको विकास गर्नुको मुख्य उदेश्य भने एप्पल कम्पनी र चाईनिज प्रविधीका कम्पनीहरूसँगको प्रतिष्पर्धामा आफूलाई अब्बल देखाउन गरिएको बताइएको छ ।

सामसुङले उक्त नयाँ वाई-फाई प्रविधीलाई आगामी वर्षदेखी सार्वजनिक गर्ने जनाएको छ । सामसुङले वाई-फाई प्रविधीलाई अडियो भिडियोसहित विकास गर्ने योजना समेत बनाएको छ ।


  •  
  •  
  •