काठमाडौ, ८ असोज(ओएनएस) : सामसुङले नेपालीहरुको महान् चाड दशैका लागि ‘दशैँ बोनाञ्जा’ अफर ल्याएको छ । यस अफर अन्तरगत सामसुङको कुनै पनि मोबाइल किन्दा लक्की ‘ड्र’ मार्फत आकर्षक उपहारहरू प्राप्त गर्न सकिने छ । यो योजना असोज ४ गतेदेखी सुरू भएको छ भने कार्तिक २९ गतेसम्म लागू हुनेछ ।
‘दशै बोनाञ्जा’ अफर अन्तर्गत प्रत्येक दिन ३ जनालाई ग्यालेक्सी अल्फा, ग्यालेक्सी के जुम र ग्यालेक्सी एस ६ मोबाईल प्रदान गर्ने सामसुङ नेपालले जनाएको छ । यस्तै, सामसुङले हरेक दिन एक ग्राहकलाई ग्यालेक्सी ट्याब टी-७०५ जित्नेछन् ।
यसैगरी सामसुङ कम्पनीले प्रत्येक १५ दिनमा एक जनालाई बजाज पल्सर-२०० आरएस प्रदान गर्ने जनाएको छ भने बम्पर उपहार योजना अनुसार एक भाग्यशाली ग्राहकले हुण्डाई क्रेटा कार जित्नेछन् ।
कार उपहारका लागि सामसुङले लक्की ड्र टेलिभिजनमार्फत नै प्रत्यक्ष प्रसारण गरिने बताएको छ । अन्य विजेताहरुलाई फेसबुकज या एसएमएसबाट विजेता बनेको जानकारी दिने जनाएको छ ।
सामसुङको यो ‘दशै बोनाञ्जा’मा सहभागी हुनका लागि मोबाइलको सिरियल नम्बर ५०५१ मा एसएमएस गरी पठाउनुपर्ने छ ।