काठमाडौं,७साउन(ओएनएस) ः सामसुङको ‘के जुम’ नामक नयाँ स्मार्टफोन नेपाली बजारमा भित्रिएको छ ।
सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता आइएमएसले उक्त स्मार्टफोन नेपाल भित्राएको हो ।
‘के जुम’मा क्यामेरा र स्मार्टफोनको उत्कृष्ट विशेषताहरुलाई एउटै उपकरणमा समावेश गरिएको कम्पनीले जानकारी दिएको छ ।
‘टेन एक्स अप्टिकल जुम’ भएको यस स्मार्टफोनमा २०दशमलव ७ मेगापिक्सेलको क्यामरा छ । यसले गर्दा यो अन्य स्मार्टफोन भन्दा पृथक रहेको कम्पनीले जानकारी दिएको छ ।
१दशमलव ७ जिगाहर्ज ‘डुअल कोर प्रोसेर’ र १दशमलव ३ जिगाहर्जको ‘क्वाड कोर प्रोसेर’ यस स्मार्टफोनको विशेषता हुन् । त्यस्तै यसमा ‘एन्ड्रोइड किटकैट अपरेटिङ सिस्टम’, ‘२ जीबी ¥याम’ र ८ जीबीको मेमोरीलगायत सुविधा रहेको कम्पनीले जानकारी दिएको छ ।