संसद सचिवालयको क्यान्टिनमा लागेको ताला खुल्यो

231
  •  
  •  
  •  

काठमाडौं, ५ असार (ओएनएस) बासी सडेगलेको, अखाद्य बस्तु मिसावट भएको खाना खुवाएको भन्दै १५ दिन अगाडि तालाबन्दी गरिएको संसद सचिवालयको क्यान्टिन संचालकले बिहीवार प्रहरीको सहयोगमा ताला तोडेका छन् ।
१५ दिन अगाडि क्यान्टिनको अखाद्य बस्तु खानामा मिसावट भएको, बासी सडेगलेको खानेकुरा राखेको भन्दै व्यवस्थापिका संसद सचिवालय कर्मचारी युनियनका अध्यक्ष संजय दाहालले क्यान्टिनमा तालाबन्दी गरेका थिए ।

सो क्यान्टिनको खाना खाद्य तथा गुण नियन्त्रण विभागका कर्मचारीले जाँच गर्दा अखाद्य बस्तु फेला परेको जनाएको थियो । तालाबन्दी गरेको १५ दिनसम्म पनि क्यान्टिन संचालक सम्पर्कमा नआएपनि सचिवालय आफैंले ताला खोलेको हो ।

व्यवस्थापिका संसद सचिवालय कर्मचारी युनियनका अध्यक्ष संजय दाहालले लामोसमयसम्म तालाबन्दी गर्दा क्यान्टिनभित्र रहेका सामान सडेर र्दुगन्धित भएको र त्यसले जन स्वास्थ्यमा गंभिर असर पर्न सक्ने भएकाले ताला खोलिएको बताए ।

‘हामी आज ताला खालेर संचालकको नाममा १५ दिने सुचना जारी गर्छौ, दाहालले भने,‘१५ दिनभित्रपनि सम्पर्कमा नआए क्यान्टिन संचालकको सामानको विषयमा हामी जवाफदेही हुदैनौं ।’
सुरक्षाकर्मी, सचिवालयका कर्मचारीको रोहवरमा ताला खोलेको दाहालले जानकारी दिए ।


  •  
  •  
  •