मानवअधिकार आयोगका पदाधिकारीको नियुक्तिमा संसदीय समितिको प्रश्न

184
  •  
  •  
  •  

काठमाडौं २४ असोज (ओएनएस) :
संसदीय समितिले राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीको सिफारिस समावेसी नभएको भन्दै पुर्नविचार गर्न आग्रह गरेको छ । सुनुवाई गर्नुअघि समावेसीताका आधारमा सिफारिस गर्न ध्यानआकर्षण गराएको छ । शुक्रबार बिहान बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकमा आयोगका पदाधिकारीको सिफारिस समावेसी नभएको भन्दै सभासदहरुले आपत्ति जनाएपछि संवैधानिक परिषदका नाममा ध्यान आकर्षण गराइएको हो । समितिमा सदस्य सभासद एकनाथ ढकालले समावेसीका आधारमा फेरि नियुक्तिको सिफारिस गर्न आग्रह गरेको ओएनएसलाई जानकारी दिए ।

संवैधानिक परिषद्ले आयोगको अध्यक्षमा अनुपराज शर्मा र सदस्यहरुमा प्रकाश वस्ती, मोहना अन्सारी, सुदीप पाठक र गोविन्द शर्मालाई प्रस्ताव गरेको थियो। उनीहरुको नियुक्तिमा सुनुवाई गर्न संसदीय सुनुवाई विशेष समितिको बैठक शुक्रबार पहिलो पटक बसेको थियो ।

मधेसी दलका नेताहरुले मधेसबाट नपरेको भन्दै समावेसीताको आवाज उठाएका थिए । दलीय भागबण्डाका आधारमा नियुक्ति गरेको भन्दै चित्रबहादुर केसीले पनि बैठकमा सिफारिस प्रति आपत्ति जनाएका थिए । सत्तासिन नेपाली कांग्रेस र एमालेले भने सिफारिस गरेका नाममा आपत्ति नगरि संसदीय सनुवाईकै औचित्य सावित गर्नुपर्ने तर्क गरेका थिए ।
समितिले दुईदिनभित्र जवाफ दिन संवैधानिक परिषदलाई निर्देशन दिएको छ । परिषदको जवाफ पछि मात्रै सनुवाई हुनेछ ।


  •  
  •  
  •