संसद बैठक बस्दै, चल्ने नचल्ने अनिश्चित

68
  •  
  •  
  •  

काठमाडौं १९ साउन (ओएनएस) :  प्रमुख प्रतिपक्षी दलको बहिष्कारकाबचि आज पनि व्यवस्थापिका संसद बैठक आज बस्दैछ । आजको लवैठक पनि विपक्षी दलले बहिष्कार गर्ने तयारी गरेको छ । दिउँसो १ बजे नयाँवानेश्वरमा सुरु हुने बैठकमा आज बिनियोजन बिधेयकको बारेमा सैद्धान्तिक छलफल गर्ने कार्यतालिका छ ।

तर एकीकृत माओवादीसँग सरकारले कुनै छलफल नगरेका कारण आजको बैठक चल्नेनचल्ने निश्चित भएको छैन । हिजो बसेको संसद बैठक सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै प्रमुख विपक्षी दल एकीकृत माओवादीले बहिस्कार गरेको थियो । एमाओवादीले विभेदकारी र असन्तुलित बजेट ल्याएको भन्दै बहिस्कार गरेपछि संसद बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।


  •  
  •  
  •