अन्यौलकाबीच संसद बैठक आज बस्दै

53
  •  
  •  
  •  

काठमाडौं २५ भदौ (ओएनएस) : दलहरुबीच सहमति नजुट्दै अन्यौलकाबीच नै व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । प्रमुख प्रतिपक्ष दल र सत्तापक्ष दलबीच यसअघि भएको सहमति अनुसार राजनीतिक संयन्त्र गठनका विषयमा स्थगित संसदको बैठब त्यसमा सहमति नजुट्दै फेरि बस्न लागेको हो । बैठक सन्चालन हुने वा नहुने विषयमा अन्यौल नै छ ।

संविधानसभा भवन नयाँ वानेश्वरमा दिउँसो १ बजेका लागि बैठकमा विनियोजन विधेक माथिको छलफललाई निरन्तरता दिइने कार्यसूची छ । संसद बैठक स्थगित हुँदा बजेट पारित हुने समय लब्मिदै गएको छ । पूर्व सहमति पालना गर्नुपर्ने माग राख्दै एकीकृत माओवदीले बैठक अवरुद्ध गरेको हो ।


  •  
  •  
  •