७ मन्त्रीको जवाफपछि विनियोजन विधेयक पारित गरिने

66
  •  
  •  
  •  

काठमाडौ २८ असोज (ओएनएस) : व्यवस्थापिका संसदले विनियोजन विधेयक आज पारित गर्ने भएको छ । बाँकी रहेका मन्त्रीहरुले सभासदहरुले उठाका प्रश्नको जवाफ दिएपछि विधेयक पारित गरिनेछ । हिजो १४ मन्त्रालयका तर्फबाट मन्त्रीहरुले जवाफ दिइसकेका छन् । आजको बैठकमा ७ जना मन्त्रीहरुले सभासदहरुले उठाएको बिषयमा जवाफ दिनेछन् । हिजो नै सरकारका सबै मन्त्रिले जवाफ दिने बताइए पनि समय नपुगेपछि १४ जना मन्त्रीले मात्र सभासदको जवाफ दिएका थिए ।

आज बाँकी ७ जना मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइकेलले जानकारी दिए । संसद बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । सभासदहरुको जवाफ मन्त्रीहरुले दिएपछि आश्रीत विधेयक, अर्थ विधेयक लगायतको बारेमा पनि आज छलफल गरेर विनियोजन विधेयक आजै पारित गर्नेगरी कार्यक्रम तय गरिएको संसद सचिवालयले जनाएको छ ।

 


  •  
  •  
  •