सभामुखको ध्यानआकर्षण सुनेनन दलहरुले

87
  •  
  •  
  •  

काठमाडौं ६ असोज (ओएनएस) : लगातार दश पटक अवरुद्ध संसद बैठक आज पनि बस्ने भएको छ । अपरान्ह ३ बजे संविधानसभा भवन नयाँ वानेश्वरमा बैठक बस्न लागेको हो । बैठकमा विनियोजन विधेकमाथिको छलफल हुने कार्यसुचि छ ।

यसैबीच हिजो पनि चार बुँदे सहमति कार्यान्वयन र सरकारले उच्चस्तरीय राजनीतिक समिति गठन गर्नुपर्ने माग गर्दै विपक्षी दलहरुले व्यवस्थापिका संसद्को हिजोको बैठक पनि अवरुद्ध पारेका छन् । संसद् बैठक लगातार अवरुद्ध हुँदा बजेटमाथिको छलफल प्रभावित भएको छ ।

हिजोको बैठकमा सभामुख सुवासचन्द्र नेम्वाङले पेश्की खर्च विधेयक अनुसार खर्च गर्न पाउने रकम धेरै नरहेको भन्दै व्यवस्थापिका संसद्को अवरोध तत्काल हटाउनतर्फ गम्भीर हुन सरकार, सत्तारुढ दल र प्रतिपक्षी दलको ध्यानाकर्षण गराएका थिए । तर दलहरुले कुनै सनुवाई गरेका छैनन ।


  •  
  •  
  •