विधेयकमाथि दफावार छलफल आजदेखि

144
  •  
  •  
  •  

काठमाडौं ७ माघ (ओएनएस) :
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको विरोधका बिचमा पनि व्यवस्थापिका संसदमा पेश भएको संविधान संसोधनमाथी मतदान हुने भएको छ । आजदेखि संसदमा संविधान संशोधनमाथि दफावार छलफलको प्रक्रिया शुरु हुनेछ । ९ गते मतदान गर्ने गराउने कार्यक्रम तय भएको संसद सचिवालयका प्रबक्ता डाक्टर भरत गौतमले जानकारी दिए ।

प्रमुख दलले आउदो ९ गते सम्म मधेसी मोर्चासंग सहमतिका लागि प्रयास गर्ने, नभए मतदान गर्ने तयारी गरेका छन् । दलहरुको तयारी अनुसार नै संसद सचिवालयले कार्यसूची तय गरेको छ ।

संविधान संशोधनका लागि दुई तिहाई बहुमत चाहिने भएकोले यसमा विभाजनको प्रक्रियामा मतदान गराउन लागिएको छ । मधेसी मोर्चाले बिरोध गरेपनि संविधान संसोधन पारित हुनेमा प्रमुख दल ढुक्क भएका छन् । ९ गतेको बैठकमा उपस्थित भएर अनिर्वाय मतदान गर्न काग्रेस, एमाले र एकीकृत नेकपा माओवादीले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेका छन् । संसद बैठक बिहान ११ बजे बोलाइएको छ ।


  •  
  •  
  •