प्रतिपक्षको अवरोधले संसद फेरि स्थगित

252
  •  
  •  
  •  

काठमाडौं २७ मंसिर (ओएनएस) : लामो समयदेखि ब्यवस्थापिका संसद बन्दी बनेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज पनि संसद बैठक अवरुद्ध गरेको छ । कांग्रेसको अवरोधका कारण भूकम्प सम्बन्धि पुननिर्माण विधेयक पेश हुन पाएन । कांग्रेसका सांसदले उठेर अवरोध सिर्जना गरेपछि मंसिर २९ गतेसम्मको लागि बैठक स्थगित भएको छ ।

कांग्रेस सांसदले अघिल्लो सुशील कोइराला नेतृत्वको सरकारले संसदमा पशे गरेको संविधान संशोधन विधेयकलाई आजको कार्यसूचीमा नराखेको भन्दै उठेर विरोध गरेका थिए ।
यसैगरी नेपाल मजदुर किसान पार्टीका सांसदद्वय प्रेम सुवाल र अनुराधा थापाले भारतले गरेको नाकाबन्दीबारे संसदमा छलफल गरिनुपर्ने र यो विषयमा बोल्न पाउनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए । सभामुख ओनसरी घर्तीले मंसिर २९ गते दिउँसो १ बजे बैठक बस्ने गरि आजको बैठक स्थगित भएको जानकारी गराइन ।

 


  •  
  •  
  •