बजेट एक हप्तामा पारित गराउने

58
  •  
  •  
  •  

काठमाडौं २३ असोज (ओएनएस) :
संसद खुलेपछि अब एकहप्तामा विनियोजन विधेयक माथिको छलफल सकिने भएको छ । धेरै मन्त्रालयका विषयमा छलफल भइसकेकाले अब लगातार छलफल गरेर एक हप्तामा बजेट माथिको छलफल सक्ने संसद सचिवालयले जनाएको छ । बजेट पारित हुन नसक्दा राज्यसन्चालनमा अप्ठ्यारो परेकाले लगातार छलफल गरेर यो महिनाभित्र बजेट पारित गराउने एक् अधिकारीले बताए ।
हिजो भएको पाँचबुँदे सहमति पछि खुलेको ब्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ ।

प्रमुख तीन दलबीच ५ बुँदे सहमति भएपछि ४१ दिनदेखि अवरुद्ध बनेको संसद हिजो बाट चल्न थालेको हो । आजको बैठकमा विनियोजन विधेयकका विषयमा छलफल हुँदैछ । धेरै मन्त्रालयका विषयमा छलफल भइसकेकाले अब बाँकी रहेका मन्त्रालयमा छलफल सकिएपछि बजेट पारित हुने संसद सचिवालयले जनाएको छ । सभासदहरुले विनियोजन विधेयक माथि भनाई राख्ने क्रम सकिएपछि अर्थमन्त्री डा रामशरण महतले जवाफ दिनेछन् । संसदको बैठक दिउँसो १ बजे बोलाइएको छ ।


  •  
  •  
  •