संविधानसभा र संसद बैठक दशैँपछिमात्रै

414
  •  
  •  
  •  

काठमाडौ, १३ असोज(ओएनएस) : व्यवस्थापिका संसद् बैठक दशैँपछि मात्रै बस्ने भएको छ ।

सोमबार बसेको बैठकपनि विपक्षी दलले अवरुद्ध गरेपछि सभामुख सुवासचन्द्र नेम्वाङले भदौं २२ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराउँनुभयो ।

सोमबार पनि एकीकृत नेकपा एकीकृत नेकपा माओवादीसहितका विपक्षी दलले विगतमा भएको चार बुँदे सहमति कार्यान्वयको माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । संविधानसभाको बैठपनि भदौं २२ गतेका लाग नै बोलाईएको छ ।

संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिलाई भदौ २१ गतेसम्मको समय दिइएको छ । समितिले भर्दौ २१ गतेसम्म भएका सहमतिको प्रतिवेदन संविधानसभाको बैठकमा पेश गर्ने छ । संविधानसभा विहान ११ बजे र संसद बैठक दिउँसो ३ बजेका लागि बोलाईएको छ ।


  •  
  •  
  •