शोक प्रस्ताव पारित गर्दै संसद् बैठक स्थगित

83
  •  
  •  
  •  

काठमाडौँ, १० असोज (ओएनएस) : व्यवस्थापिका संसद्को बैठक शोक प्रस्ताव पारित गर्दै आईतबारसम्मका लागि स्थगित भएको छ । पूर्व सांसद तथा पूर्वमन्त्री सिद्धराज ओझाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको हो ।

मृगौला तथा मुटुरोगको उपचार गराईरहेका ओझाको विहीबार बेलुकी काठमाण्डौंमा उपचारका क्रममा निधन भएको थियो ।  २०४८,२०५१ र २०५६ सालमा डोटी जिल्लाको क्षेत्र नम्बर २ बाट कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए ।  उच्चस्तरीय राजनीतिक समिति बनाउने लगायतका विषय सहमति नभएको भन्दै एकीकृत माओवादी र मधेशवादी दलले लगातार संसद बैठक अवरुद्ध गर्दै आएका   छन् ।

कुरा नमिलेपछि आज पनि अर्को बैठक वस्न सकेन । शोकप्रस्ताव पारित गरेर स्थगित गरि फेरी बैठक वस्ने भएपनि सहमति नभएपछि आउँदो आईतबार ४ बजे वस्ने गरि बैठक स्थगित भएको हो ।


  •  
  •  
  •