संसद अवरोधको असर बजेटमा

152
  •  
  •  
  •  

काठमाडौं ५ असोज (ओएनएस) : संसद र्बैठक लगातार अवरुद्ध हुँदा बजेटमा असर परेको छ । २०७१ ०७२ को बजेट पारित हुन नसक्दा देश पेश्की बजेटका भरमा चलिरहेको छ। । झण्डै दुई महिनादेखि प्रतिपक्ष दलहरुले बैठक अवरुद्ध गर्दै आएका छन् ।

दलहरुबीच सहमति भइनसकेकाले आज दिउँसो १ बजे संविधानसभा भवन नयाँ वानेश्वरमा बोलाइएको बैठक पनि अवरुद्ध हुने लगभग निश्चित छ । बैठक बस्ने तय भएको संसद सचिवालयका प्रवत्ता मुकुन्द शर्माले सीआईएनलाई जानकारी दिनुभयो । दलहरुबीच भएको ४ बुँदे सहमति कार्यान्वयनको माग गर्दै तर विपक्षी दलहरुले लगातार नौ पटकसम्म बैठक अवरुद्ध गराइसकेका छन् ।


  •  
  •  
  •