दलीयविवादले ब्यवस्थापिका संसदको बैठक अनिश्चित

82
  •  
  •  
  •  

काठमाडौं १५ भदौ (ओएनएस) : दलहरुबीच सहमति नबन्दा संसदकोबैठक अनिश्चित बनेको छ । विनियोजन विधेकमाथिको छलफलाई निरन्तरता दिइरहेको व्यवस्थापिका संसदको बैठक आज बोलाइएको छ । प्रतिपक्ष एमाओवादीले यसअघिको सहमति कार्यान्वयनकोभरपर्दो आधार नदिए संसद चल्न नदिनेबताएको छ । गएको शुक्रबार प्रतिपक्षिदलले बैठक बस्न अवरोध गरेपछि बैठक आज सम्मका लागि स्थगित भएको थियो । संविधानसभा भवन नयाँ वानेश्वरमा दिउँसो १ बजेका लागि बैठक डाकिएको छ । शुक्रबारको बैठकमा प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले विगतका सहमतिहरु कार्यान्वयन गर्ने भरपर्दाे प्रतिवद्धता सरकारबाट नआए संसदको अर्काे बैठक अवरोध गर्ने चेतावनी दिनु भएको थियो । संसद बैठक सुरु हुनासाथ रोष्टमबाट बोल्दै प्रचण्डले सरकार पक्ष दलहरु नै शान्ति प्रक्रिया र संविधान निर्माणबाट भागिरहेको बताउनुभएको थियो ।


  •  
  •  
  •