काठमाडौं ११ बैशाख ।
सरकारले यही वैशाखको तेस्रो सातादेखि व्यवस्थापिका संसदको अधिवेशन बोलाउने तयारी गरेको छ । कानुन सचिव भेषराज घिमिरेले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा सरकारले वैशाखको तेस्रो सातादेखि व्यवस्थापिका संसदको अधिवेशन बोलाउने तयारी गरेको जानकारी दिएको छ ।
व्यवस्थापिका संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकमा उल्लेख्य संख्यामा राष्ट्रिय मुद्दा रहेका कारण संसदको अधिवेशन बोलाउन माग गर्दै आएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्नि खरेलले प्रमुख प्रतिपक्षी दलका कारण संसद अधिवेशन स्थगित गरिएको जानकारी दिँदै अब छिट्टै अधिवेशन बोलाउने तयारी सरकारले गरेको बताए ।
कानुनमन्त्री खरेलले यतिखेर चुनौती र समस्याहरु उल्लेख्यरुपमा रहेको वताउँदै संविधान कार्यान्वयन गरेर मात्र नपुग्ने भएकाले कार्यान्वयन गर्न पनि सक्नु पर्ने बताए । नेपालसमाचारपत्रबाट