संसदीय समितिको निर्वाचन प्रक्रियाका लागि कार्यतालिका सार्वजनिक हुँदै

284
  •  
  •  
  •  

काठमाडौं २ भदौ (ओएनएस) : व्यवस्थापिका संसदका समितिहरुको नेतृत्व चयन प्रक्रिया आजबाट सुरु हुने भएको छ । संसदको आजको बैठकमा बुधबार सभापति चयनका लागि आज कार्यतालिका सार्वजनिका गर्ने तयारी छ । कार्यतालिका सार्वजनिकसँगै निर्वाचन प्रक्रिया सुरु हुनेछ । संसदको विषयगत ११ र विशेष तीन गरी १४ वटा समितिको सभापति चयनका लागि प्रकृया सुरु गर्न संसदलाई जानकारी गराउन लागिएको हो । सभापति चयन प्रकृया सुरु भएपछि दलिय भागवण्डा नमिलेका कारण झण्डै सात महिनादेखि रित्त समितिले नेतृत्व पाउने भएको छ । दलहरुको सहमति अनुसार कांग्रस एमालेले ४÷४ वटा, एकीकृत माओवादीले दुई वटा, राप्रपा नेपालल, मधेसी दल र साना दललाई एक-एक वटा समिति वाड फाड हुने भएको हो ।

दलहरुको सहमति अनुसार राज्य व्यवस्था, कृषि तथा जलस्रोत उधोग वाणिज्य तथा उपभोक्ता हित र संसदिय सुनुवाई काग्रेसले पाउने भएको छ । यस्तै नेकपा एमालेको भागमा विकास, अर्थ, महिला बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण र सुशासन तथ अनुगमन समिति परेको छ । लेखा र अन्तर्राष्ट्रिय समिति एमाओवादीको भागमा परेको छ भने सामाजिक न्याय मानव अधिकार राप्रपा वातावरण संरक्षण मधेसी दल र विधायन समिति साना दल मध्ये एकलाई दिइने सहमति बनेको छ ।

लेखा समितिको सभापति भने यस अघि नै एकीकृत माओवादी नेता जनार्दन शर्मा चयन भइसक्नु भएको छ । दलहरुबीच कुन कुन समिति कसकसलाई दिने भन्ने सहमति बनेपनि सभापति कसलाई चयन गर्ने भन्ने विषयमा भने मतभेद कायमै छ । संसदको दिउँसो १ बजे संविधानसभा भवन नयाँवानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेकमाथि पनि छलफल हुनेछ ।


  •  
  •  
  •