व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै

159
  •  
  •  
  •  

काठमाडौं १४ पुस (ओएनएस) :
मधेसी मोर्चामा आवद्ध दलका सांसदहरुको नाराबाजीकाबीच सरकारले पेश गरेको संविधानको पहिलो संशोधन विधेयकमाथि आज पनि छलफल हुने भएको छ । मोर्चाको विरोधकाबीच हिजोबाट छलफल सुरु भएको हो ।

आज सांसदहरुले विधेयकमाथि धारणा राख्नु हुनेछ । मधेसी मोर्चाले आफूहरुले उठाएका माग एकमुष्ट पूरा गर्नुपर्ने अडान लिंदै सदनमा विरोध गरिरहे पनि सत्तापक्ष र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबीचको सहमति अनुसार संसद बैठकमा संविधान संशोधन विधेयकमाथि छलफल सुरु गरिएको हो ।

मोर्चाका सांसद्हरुले रोस्ट्रम घेरेर नाराबाजी गरिरहे पनि सांसद्हरुले विधेयकमाथि आफ्ना धारणा राख्दै छलफलमा सहभागी भएका थिए । आजको बैठक दिउँसो १ बजे बोलाइएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि जानुहुने भएको छ ।


  •  
  •  
  •