आज पनि संसद बैठक बस्दै, विधेयक पेस गर्ने वाताबरण बनाइदै

220
  •  
  •  
  •  

काठमाडौं २९ मंसिर (ओएनएस) : संसद वैठक अवरुद्ध हुँदा भूकम्पपीडितका लागि राहत र प्रभावित क्षेत्र पुनर्निर्माण अघि बढाउन समस्या भएको छ। प्राधिकरण विधेयक पेश हुन नसक्दा भूकम्प पीडितका विषयमा गर्ने नीतिगत काम रोकिएको छ । नेपाली कांग्रेसले दुईवटा विधेयक एकैसाथ अघि बढाउने भन्दै संसद अवरुद्ध गरेको छ ।

तर विधेयक रोकेकामा कांग्रेसभित्रै असन्तुष्टि बढेको छ। आज बस्ने बैठकमा पनि पसननिर्माण विधेयक पेश गर्ने कार्यसूची रहेको छ । बैठक दिउँसो ३ बजे बोलाइएको छ । भूकम्पबाट प्रभावित संरचना पुनर्निर्माण गर्ने सम्बन्धमा छलफल गर्न वैठक बस्न लागेको हो । दलहरुबीच अवरोध नगर्ने सहमति भए विधेयक आज संसदमा प्रवेश गर्ने भएको छ ।

तर, नेपाली कांग्रेसले संविधान संसोधन विधेयक र पुनर्निमाण विधेयक एकै साथ प्रवेश गर्नुपर्ने भन्दै संसद अवरुद्ध गर्दै आएको छ । यसअघि विधायन समितिमा नेपाली कांग्रेसको फरक मतसहित संसदको पूर्ण बैठकमा पठाउने निर्णय गरेको थियो । तर, कांग्रेसले त्यसपछि अचानक संसद अवरुद्ध गर्दै आएको छ । आजको बैठकमा अवरोध नभए विधेयक पेस गर्ने संसद सचिवालयले जनाएको छ ।


  •  
  •  
  •