काठमाडौं १७ भदौं (ओएनएस) : व्यवस्थापिका संसदमा आज चारवटा विधेयकमाथि छलफल हुँदैछ । बिहान ११ बजे बोलाइएको बैठकमा विभिन्न विधेयकहरुमाथि छलफल हुनेछ । यसअघि छलफलका क्रममा रहेको भूकम्प सम्बन्धि विधेयकमा छलफल हुनेछ । भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण सम्बन्धि विधेयकमा संसदमा पेश भइसकेको छ ।
त्यस्तै भूमि सुधार सम्बन्धि विधेयक र कही नेपाल ऐन संसोधन र केही नेपाल ऐन खारेज सम्बन्धि विधेयकका विषयमा पनि आज छलफल हुने संसद सचिवालयले जनाएको छ । संसद बैठकमा बोल्न दिइने समयमा सभासदहरुले अरु विष्यमा पनि बुरा राख्नुहुनेछ । यसैबीच संसदको वाताबरण र अर्थ समितिको बैठक पनि अहिले बिहान साढे ८ बजेपछि बस्दैछ ।