लेखा समितिको सभापति जनादर्शन शर्मा निर्विरोध विजयी

211
  •  
  •  
  •  

janardan

काठमाडौं १६ साउन (ओएनएस) :  व्यवस्थापिका संसद् सार्वजनिक लेखा समितिको सभापतिमा एमाओबादीका जनार्दन शर्मा निर्विरोध चयन भएका छन् । सभापतिका लागि उनेकोमात्र उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन् । सभापति चयनका लागि आज निर्वाचन हुने कार्यतालिका थियो । तर  अन्यको उम्मेदवारी नपरेपछि मतदान भएन । शर्मा सभापति चयन भएपछि अहिले समितिको बैठक बसिरहेको छ । संसदीय वयवस्थामा विपक्षी दलको सांसदलाई लेखा समितिको सभापति बनाउने प्रचलन हुन्छ ।

संसदका अन्य समितिको सभापति भने चयन हुन सकेका छैनन् । हाल समितिका ज्येष्ठ सदस्यले बैठकको सभापतित्व गर्दै आएका छन् ।


  •  
  •  
  •