संवैधानिक निकायका पदाधिकारीको संसदीय सनुवाई आजदेखि

277
  •  
  •  
  •  

काठमाडौं ४ चैत (ओएनएस) : संवैधानिक परिषदले सिफरिस गरेका संबैधानिक निकायका पदाधिकारीको आजदेखि संसदीय सनुवाई हुने भएको छ । संसदीय सुनुवाई विशेष समितिले लोकसेवा आयोगका पदधिकारीबाट सुनुवाई थाल्ने निर्णय छ ।  समितिले लोकसेवा आयोगका अध्यक्ष तथा सदस्यको सनुवाई अध्यक्ष उमेशप्रसाद मैनालीबाट सुरु गरेर एक–एक गरी सबै सदस्यको सक्ने कार्यतालिका बनाएको छ ।

hearing समितिले आगामी आठ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तहरुको संसदीय सुनुवाई गर्नेछ । लोकसेवा जस्तै अख्तियार आयुक्तहरुको पनि एक–एक गरी सुनुवाई गर्ने कार्यतालिका छ ।  संवैधानिक निकायका पदाधिकारीको संबैधानिक परिषदले सिफरिस गरेको ३५ दिन भित्र संसदीय सनुवाई गरिसक्नुपर्ने प्रावधान छ । परिषदको सिफरिस समितिको दुई तिहाइबाट अस्वीकृत भएमा बदर हुन्छ ।

सुनुवाई सकेर समितिले अनुमोदन गरेपछि मात्र पदाधिकारीहरुले पद तथा गोपनीयताको सपथ लिन पाउनेछन् । संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित व्यक्ति उपयुक्त नहुने आधार र कारण भए उजुरीका दिन फागुन २९ सम्म म्याद दिएको थियो । अख्तियार आयुक्तमा पूर्व सचिवत्रय दिप बस्न्यात, नविन घिमिरे र गणेशराज जोशी, पूर्व सरकारी वकिल राजनारायण पाठक र त्रिभुवन विश्वविद्यालयकी सहप्राध्यापक सावित्रि गुरुङ सिफारिस भएका हुन् ।

लोकसेवा आयोगका अध्यक्षमा पूर्व सचिव उमेश मैनाली र सदस्यहरुमा गोविन्द कुसुम, विन्दा हाडा, श्रीपुरुष ढकाल, ब्रहृमदेव राय, अशोक कुमार झा र कृष्णचन्द्र झाको नाम प्रस्ताव भएको छ ।


  •  
  •  
  •