विपक्षीको भावना समेट्नेगरि प्रश्नावली बनाइदै

255
  •  
  •  
  •  

काठमाडौं २४ माघ (ओएनएस) :  संविधानका विवादित विषयमा असन्तुष्ट पक्षलाई पनि समेट्ने गरि प्रश्नावली बनाउने काम सुरु भएको छ । चारवटा विवादित विषयमा करिव सय वटा प्रश्नजावली बन्ने देखिएको छ ।

संविधानका विवादित विषयमा बनाइने प्रश्नावली निर्माणको कामलाई आज टुंग्याउने तयारी छ । दिउँसो बस्ने प्रश्नावली प्रस्ताव निर्माण समितिको बैठकमा उपसमितिले बनाएको प्रश्नावली पेश गरेर त्यसमाथि थप छलफल गरी प्रश्नावलीलाई अन्तिम रुप दिइने भएको हो ।

समितिको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ, त्यसअघि उपसमितिले छलफल गरेर आफ्नो काम टुंग्याउने तयारी गरेको उपसमिति संयोजक अग्निप्रसाद खरेलले जानकारी दिए ।

उपसमितिको बैठक बिहान बोलाइएको छ । दलहरुबीच विवाद रहेको संघीयत, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणालीमा प्रश्नावली निर्माण भइरहेको छ । यी मुद्दाहरुमा सयभन्दा बढी प्रश्न बन्ने उपसमितिले जनाएको छ ।


  •  
  •  
  •