अख्तियारको ‘डर’ले संसद सचिवालयमा छड्के

218
  •  
  •  
  •  

काठमाडौं १६ मंसिर ।
बिहानदेखि रातिसम्म व्यस्त रहने व्यवस्थापिका संसद सचिवालयका विभिन्न शाखामा आइतबार छड्के जाँच गरिएको छ। कर्मचारीलाई अनुशासनमा राख्न भन्दै सहसचिव रामशरण घिमिरेको नेतृत्वमा संसद सचिवालयको भवन नम्बर १ र त्यसअर्न्तगतका संसदीय दलको कार्यलयमा छड्के जाँच गरिएको हो।

सचिवालयका सहसचिव रामशरण घिमिरेले भने आफ्ना कर्मचारीलाई अनुशासनमा राख्न छड्के जाँच गरिएको बताए। उनले अख्तियार वा सतर्कता केन्द्रले अनुगमन गर्नुभन्दा आफैंले अनुगमन गर्दा राम्रो सन्देश जाने भन्दै छड्के अनुगमन गरेको बताए।

‘सरकारका तीन अंगमध्ये व्यवस्थापिका संसद एउटा महत्वपूर्ण अंग हो,’ उनले नागरिकन्युजसँग भने, ‘बेला बेलामा छड्के अनुगमन गर्दा कर्मचारीलाई अनुशासनमा राख्न सजिलो हुने भएकाले छड्के जाँच गरेका हौं।’ छड्के जाँचका क्रममा पाँच जना कर्मचारी कार्यलयमा फेला नपरेको उनले बताए। उनीहरुलाई सचेत गराइएको उनले जानकारी दिए। तीन पटकसम्म कार्यलयमा अनुपस्थित रहेको पाइए कारवाही गर्ने उनको भनाइ छ।

उनले कर्मचारीमा अनुशासनहीनता भयो भने अख्तियार वा सतर्कता केन्द्रले छड्के गर्ने र त्यसो भयोभने संसदको गरिमामा आँच आउने भएकाले कर्मचारीलाई सचेत हुनपनि बेला बेलामा छड्के जाँच गर्ने गरेको बताए। नागरिकबाट


  •  
  •  
  •