यसरी भयो संसद अधिवेसन अन्त्य

629
  •  
  •  
  •  

biccकाठमाडौं, २३ कात्तिक  (ओएनएस) :  बिहान १० बजेसम्म पनि सभामुख सुवास नेम्वाङमा दलहरुबाट सहमतिको संकेत आउने प्रतिक्षमा नै थिए । उनी दहरुको सन्देश कुदै कार्यकक्षमा अनौपचारीक छलफलमा थिए । उनले संसद अधिवेसन अन्त्यका लागि सरकारको आग्रह राष्ट्रपति कार्यालयबाट आइसकेको पत्र पनि राकेर राखेका थिए ।

तर, दलहरु बैठक समेत नगर्ने अवस्थाको खबर पाएपछि उनी नियमित प्रक्रियाबाट नै संसद अधिवेसन अन्त्य गर्ने योजना बनाए । सत्तासिन दलका नेताहरुलाई जानकारी दिए र जनकपुरमा रहनु भएका एकीकृत माओवादी अध्यक्ष प्रचण्डलाई टेलिफोन गरे । ‘चाँडै सहमति गर्नुहोला संसद बैठक लम्ब्याउन सकिएन आज अन्त्य हुँदैछ’ सभामुखले टेलिफानमा जानकारी गराए । एकसय ९९ घन्टा १५ मिनेट वैठक चलेर संसद अधिवेशनमा २० ओटा सरकारी विधेयक प्रस्तुत भएपछि सहमति कुर्दै विधेयक बारेको छलफललाई निरन्तरता दिइएको थियो । तीन दिनअघिनै बर्षे अर्थात बजेट अधिवेशन टुंग्याउने तयारी सभामुखले गरे पनि दलहरुले आजसम्ममा सहमति गर्नेभन्दै पर्खन आग्रह गरेका थिए ।
सरकारद्वारा ल्याएको बजेट छलफलपछि पारित गर्नका लागि संसदमा बर्षे अधिवेश सुरु हुन्छ । एकीकृत माओवादी लगायतका विपक्षी दलहरुको विरोधपछि झन्डै एक महिनापछि चालु आर्थिक वर्षको बजेट यहि कात्तिक १ मा पारित भएको थियो ।

अन्तरिम संविधान अनुसार बर्षे अधिवेशन अन्त्य हुँदा संविधानसभाको बैठकको मिति र समय उल्लेख गर्नुपर्ने हुन्छ । तर शासकीयस्वरुप, राज्यपुनर्संरचना लगायतका विवादित विषयमा दलहरुले सहमति नगरेपछि संविधानसभाको बैठक आह्वानका लागि कम्तिमा पनि तीन दिनअघि सार्वजनिक सूचना जारी गर्नुपर्ने छ ।

गत जेठ १६ गते बर्षे अधिवेशन सुरु भए यता ७१ दिनमा ७७ ओटा बैठक बसेर बजेट पारित गर्नुका साथै ६ ओटा सरकारी विधेयक पारित गरेको छ भने १३ ओटा विधेयक छलफलका बिभिन्न समितिमा पठाउने निर्णय भएको छ । तर हिउँदो अधिवेशनको अन्त्य र संविधानसभा अनिश्चित भएपछि संविधानसभा र संसद मातहका समितिमा आवद्ध बाहेक अरु सभासद कामविहीन भएका छन् ।


  •  
  •  
  •