व्यवस्थापिका संसद अधिबेसन अन्त्य गरिदै

472
  •  
  •  
  •  

biccकाठमाडौं, २३ कात्तिक (ओएनएस) : व्यवस्थापिका संसदको चालु अधिवेशन आज अन्त्य हुने भएको छ । अहिले जारी रहेको व्यवस्थापिका संसद बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुख सुवासचन्द्र नेम्वाङले पढेर सुनाएपछि अधिवेशन अन्त्य हुनेछ । संसदको अधिवेसनसँगै संविधानसभाको बैठक भने झन अनिश्चत बनेको छ ।

संविधानसभा बैठकको सहजताका लागि संसद बैठक लम्ब्याइएको थियो । स्रोतका अनुसार राष्ट्रपति कार्यालयबाट पत्र आइसकेको छ । सरकारको आग्रहमा राष्ट्रपति कार्यालयबाट पत्र आइसकेको संसद सचिवालय स्रोतले जानकारी दियो ।

अन्तरिम संविधानको भाग ६ को धारा ५१ मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा व्यवस्थापिका–संसदको अधिवेशन अन्त्य गर्ने उल्लेख छ । दलहरुले सहमतिको संकेत नदेखाएको ससभामुख नेम्वाङले पनि अधिवेसन अन्त्य गर्न लागेका हुन् । अब संविधानसभाको बैठक बोलाउन कम्तिमा तीन प्रक्रिया पुरा गर्ने हुन्छ । संसद बैठक समेत अन्त्य भएपछि सभासदहरु थप कामविहीन बन्ने भएका छन् ।


  •  
  •  
  •