न्यूरोडमा स्मार्ट सवारी पार्किङ

105
  •  
  •  
  •  

काठमाडौं । काठमाडौंको न्यूरोडमा आइतबारदेखि स्मार्ट सवारी पार्किङ शुरु भएको छ ।  काठमाडौं महानगरपालिकाले सार्वजनिक निजी साझेदारी मोडलबाट उक्त पार्किङ शुरु गरेको हो ।

न्यूरोडको धर्मपथ र बिशालबजार अगाडिको ठाउँमा स्मार्ट पार्किङ् व्यवस्था शुरु गरिएको जनाइएको छ । आइतबार महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले पिओयस मेसिनबाट क्युआर कोडसहितको बिल प्रिन्ट गरेर सेवा शुरु गरेका हुन् ।
महानगरले ब्हिल्स ट्रुलीयोर्स प्रा. लि सँगको सहकार्यका यो सेवा शुरु गरेको हो । प्रमुख शाक्यले स्थानीय र सरोकारवालासँग लामो समय छलफल गरेर सेवा सञ्चालन गर्ने निष्कर्षमा पुगेको बताउँदै भूमिगत र बहुतले पार्किङ् स्थल निर्माण गर्ने योजना पनि अघि बढिरहेको बताए ।

शुरुवात्मा नयाँ सडकका २ वटा खण्डमा शुरु गरिएको सेवालाई क्रमशः प्युखा, खिचापोखरी, धर्मपथ, पाको र दरबारमार्ग क्षेत्रमा बिस्तार गरिने बताउँदै प्रा. लि. का सूचना प्रविधि संयोजक हरिश अग्रवालले सेवाबाट सहरी पार्किङ् अस्तव्यस्ततामा सुधार ल्याउन प्रयास गरिने बताइएको छ ।

योजनामा रहेका सबै ठाउँ सञ्चालनमा आएपछि एकपटकमा करीव ८०० वटा मोटरसाइकल र ४० वटा गाडी पार्किङ् गर्न सकिन्छ । ती ठाउँमा स्मार्ट अटोमेटेड पार्किङ् सिस्टमबाट सञ्चालन हुनेछन् । नयाँ सडक जानु अघि उपभोक्ताले मोवाइलबाटै रियल टाइममा कुन ठाउँ खाली छ भनेर हेर्न र पार्किङ् गर्ने ठाउँ बुकिङ् गर्न सकिनेछ ।


  •  
  •  
  •