सम्राट सुजको आधिकारीक शोरुम पुतलीसडकमा

71
  •  
  •  
  •  

काठमाडौं,१७ भदौ (ओएनए) ः सम्राट सुज प्रालिले काठमाडौंको पुतलीसडकमा पहिलो आधिकारीक शोरुम स्थानपा गरेको छ । मंगलवार एक कार्यक्रमविच उक्त शोरुमको उद्दघाटन गरिएको छ ।

साथै कम्पनीले उपतयकाभरका लागि थोक तथा खुद्रा विक्रीवितरण शुरु गरेको कम्पनीका प्रवन्ध निर्देशक प्रमोदकुमार महतोले बताए ।

गुणस्तरीय स्वदेशी तथा विदेशी कच्चापदार्थबाट दक्ष जनशक्ति र आधुनिकप्रविधिको प्रयोग गरी स्वदेशमा नै उत्कृष्ट जुत्ता चप्पल विक्री गर्ने उद्देश्यले शोरुम स्थापना गरिएको कम्पनीले जानकारी दिएको छ ।

हाल दैनिक १ सय गुणस्तरीय जुत्ता तथा चप्पल उत्पादन गरिएकोमा निकट भविष्यमा दैनिक २ सय ५० र १ बर्ष भित्र दैनिक ५ सय जोडी उत्पादनको लक्ष्य कम्पनीले लिएको छ ।

कम्पनीले हाल छालाजन्य सावर तथा कपडाका फर्मल जुत्ता ,स्पोर्टस सुज तथा क्याजुअल सुज उतपादन गरिरहेको छ । साथै कम्पनीको शोरुम सुभारम्भको अवसरमा २५ प्रतिशतसम्मको छुट दिने बताएको छ ।

यो योजना १ हप्ताभरी मात्र लागु हुने बताइएको छ ।


  •  
  •  
  •