संरक्षित वन्यजन्तु हुचिल र सालकको सुकटीसहित दुई पक्राउ

254
  •  
  •  
  •  

काठमाडौं, २० फागुन (ओएनएस) : संरक्षित वन्यजन्तु हुचिल र सालकको सुकटीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बेलकोटगढी नगरपालिका–७ रातमाटेका कृष्णलाल श्रेष्ठ र तार्केश्वर गाँउपालिका–२ तारुकाका बलराम श्रेष्ठ रहेको नुवाकोट प्रहरी प्रमुख बसन्त कुँवरले बताए।

विशेष सूचनाको आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र नुवाकोट प्रहरीको सहयोगमा तीन हुचिल र सालकको सुकुटीसहित उनीहरुलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

लामो समयदेखि प्रहरीको आँखा छलेर वन्यजन्तुको ओसारपसार गर्दै आएको जानकारी पाएपछि उनीहरुलाई सिआइबी प्रहरीले ग्राहक बनेर पछ्याउने क्रममा शनिबार कृष्णलालको घरबाट हुचिल र सालकको सुकेका मासुका टुक्रासहित नियन्त्रणमा लिन सफल भएको हो। हुचिल र सालक लोपोन्मुख वन्यजन्तुमा पर्ने भएकाले पक्राउ परेकालाई राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु ऐनअनुसार कारवाहीका लागि प्रहरीले आइतबार जिल्ला वन कार्यालयमा बुझाउने जनाएको छ ।


  •  
  •  
  •