राष्ट्रिय सम्मानका लागि वर्ग छुट्याउन सुझाव

166
  •  
  •  
  •  

काठमाडौं, २६ साउन (ओएनएस) : गृहमन्त्री बामदेब गौतमले कुन कलाकारलाई राष्ट्रिय सम्मान दिने भन्ने विषयमा क्याटेगोरी छुट्याउन कलाकारहरुसंग सुझाव माग गरेका छन् ।
आज विहान नायक श्रीकृष्ण श्रेष्ठको निधन र उनलाई दिन लागिएको सम्मानको विषयमा छलफल गर्न पुगेका चलचित्र विकास बोर्ड नेतृत्वको कलाकार टोलीलाई गृहमन्त्रीले सबैलाई राष्ट्रिय सम्मान दिन नसकिने र दिदाँ पनि सम्मानको हैसियत घट्ने भन्दै त्यस्तो सूचि बनाउन भनेका हुन ।

गृहमन्त्रीले नायक श्रेष्ठलाई आर्यघाटमा प्रहरीको एक टोलीले सलामी दिने गरि राष्ट्रिय सम्मान दिने ब्यवस्था मिलाईएको भन्दै कुनै पनि राष्ट्रिय पदमा नपुगेका लौहपुरुष गणेशमान सिंहलाई मात्रै अहिलेसम्म सम्मान दिईएकोले सम्मानको माग गर्दा ख्याल गर्न समेत सुझाव दिएका थिए ।


  •  
  •  
  •