चीनका रक्षामन्त्रीलाई नेपाली सेनाको ‘सम्मान गारद’

78
  •  
  •  
  •  

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री वेइ फेङहेले नेपाली सेनाले दिएको सम्मान गारद ‘गार्ड अफ अनर’ ग्रहण गरेका छन् ।

आइतबार सेनाको मुख्यालय जंगी अड्डा पुगेर चिनियाँ रक्षामन्त्री फेङहेले सेनाले दिएको सम्मान गारद ग्रहण गरेका हुन् । यस्तै प्रधान सेनापति पूर्णचन्द्र थापा र चिनियाँ रक्षामन्त्री फेङहेबीच भेटवार्ता भएको छ ।

एक दिने भ्रमणको लागि फेङहे आइतबार काठमाडौं आएका हुन् । रक्षामन्त्री वेइलाई गृहमन्त्री थापा, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपालका लागि चीनका राजदूत हउ यान्छी, परराष्ट्र मन्त्रालयका सहसचिव कालिप्रसाद पोखरेललगायतले स्वागत गरेका थिए ।

चिनियाँ विशिष्ट पाहुना २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाडौँ अवतरण गरेका हुन् । प्रतिनिधिमण्डलमा जनमुक्ति सेनाका उच्च अधिकारीसमेत हुन् ।

आजै उनले राष्ट्रपति विद्यादेवी भण्डारी र रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।


  •  
  •  
  •