शमी साहित्य साधना सम्मान ग्वंगलाई

177
  •  
  •  
  •  

काठमाडौं, ६ असोज (ओएनएस) : शमी साहित्य प्रतिष्ठानले २०७१ सालको शमी साहित्य साधना सम्मान आइतवार एक समारोहका बीच वरिष्ट साहित्यकार एवं संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलाई प्रदान गरेको छ । राजधानीमा आयोजित सम्मान कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले ग्वंगलाई सम्मान पत्र प्रदान गरे । उक्त सम्मान पत्र नगद राशी ९० हजार सहित प्रदान गरिएको थियो ।

कार्यक्रममा शमी युवा प्रा्ेत्साहन पुरस्कारबाट नेपाली क्रिकेट टीमका कप्तान पारस खडका सम्मानीत भए । त्यस्तै कार्यक्रममा सम समता लंैङगीक अध्ययन पुरस्कारबाट विराटनगरका विद्यार्थी अमन चौधरी पुरस्कृत भएका छन । उक्त दुवै पुरस्कारको राशी २५ हजार र १० हजार १०१ रुपैयाको रहेको छ ।
विगत पाँच वर्ष देखि साहित्य कला संस्कृतिका क्षेत्रमा क्रियाशील तर कुनै पनि राष्ट्रिय पुरस्कार प्राप्त नगरेका साहित्यकारहरुको खोजी गरि प्रतिष्ठानल्े साहित्य साधना सम्मान प्रदान गर्दै आएको छ । यस अगाडि साहित्य साधना सम्मान बाट सम्मानीत हुनेहरुमा समालोृचक गणेशबहादुर प्रसाइ, साहित्यकार मंगलकुमार नेपाल, प्राडा मोहन हिमान्सु थापा र बसन्तकुमार शम्र्मा नेपाललाई प्रदान गरिसकिएको छ ।
त्यस्तै यस अघि युवा प्रो्त्साहन पुरस्कार प्राप्त गर्नेहरुमा कुशल केसी, रिजन कार्की र राजेश श्रेष्ठ रहेका छन । लैङगीक अध्ययन पुरस्कार भने यस भन्दा अगाडि सगुन थापा मगरले प्राप्त गरेकी थिइन ।

कार्यक्रममा सम्वोधन गर्दै प्रमुख अतिथि केपी शर्मा ओलीले नेपाली समाजको रुपान्तरण तथा सामाजिक जागरणका लागि साहित्यिक आन्दोलन सुरु भएको बताए । उनले दलहरु भन्दा अगाडि साहित्यकारहरुले नै समाजलाई सामाजिक रुपान्तरणको सन्देश प्रवाह गर्दै आएको बताउँदै समाज परिवर्तनका लागि साहित्यले नै महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।

साहित्य, संगीत र कलामा अगाध शक्ति हुन् उल्लेख गर्दै ओलीले हाम्रो देश सानो भएपनि असाधारण विविधताहरुले भरिएको र तिनको यथासमय प्रयोग हुनुपर्ने बताए ।
कार्यक्रममा सभापति प्रदीप नेपाललगायत सम्मानीत व्यक्तित्व तेजेश्वरबाबु ग्वंग, अमन चौधरी, पुरस्कार चयन समितिका संयोजक गीतकार कवि रत्नसमशेर थापा, प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, प्राडा चन्द्रा भद्रा, प्रतिष्ठानका संरक्षक डोलिन्द्र शर्मा र प्रतिष्ठानका सचिव साहित्यकार श्रीओम श्रेष्ठले बाृेलेका थिए ।


  •  
  •  
  •