इजरायल, युएई र बहराइनबीच ऐतिहासिक सम्झौतामा हस्ताक्षर

60
  •  
  •  
  •  

एजेन्सी । इजरायल, संयुक्त अरब एमिरेट्स र बहराइनबीच ऐतिहासिक सम्झौतामा हस्ताक्षर भएको छ । इजरायलसँग सम्बन्ध पूर्ण रूपमा सामान्य बनाउन दुई खाडी मुलुकले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौतालाई अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ‘नयाँ मध्यपूर्वको मिरमिरे बिहानी’ भन्दै प्रशंसा गरेका छन्। हस्ताक्षरकर्ता तीनवटै देशले सहमतिलाई ऐतिहासिक भनेका छन्। ट्रम्पको प्रशासनले सहमतिका लागि मध्यस्थता गरेको बीबीसीले जनाएको छ ।

सन् १९४८ मा स्थापना भएयता इजरेललाई मान्यता दिने यूएई तथा बहराइन तेस्रो र चौथो अरब राष्ट्र हुन्।

गत महिना युएई इजरायलसँगको सम्बन्ध सामान्य गर्न सहमत भएको थियो। त्यसपछि बहराइनले पनि यस्तै गर्ने अनुमान गर्दै आइएको थियो।


  •  
  •  
  •