बारा घटनाबारे संसदीय समिति गठन हुने

48
  •  
  •  
  •  

काठमाडौं, २७ असोज (ओएनएस) सरकारले बारा घटनाबारे छानविन गर्न संसदीय समिति गठन गर्ने भएको छ । एमाओवादीलगायतका विपक्षीहरुले बारा घटनानमा सरकारको जवाफ चित्त बुझ्दो नभएको भन्दै सोमवार सदन अबरुद्ध पारेपछि सरकारले सो घटना छनविनका लागि संसदीय समिति गठन गर्न सहमत भएको छ । संसदीय समिति गठन हुने भएपछि अबरुद्ध सदन सुचारु भएको छ ।

लगतै दलहरुबीच भएको छलफलमा घटनाबारे छानविन गर्न संसदीय आयोग बनाउने सहमति भएको छ ।  सहमति लगतै संसदलाई सम्बोधन गर्दै गृहमन्त्री बामदेव गौतमले प्रहरीको गोली लागी मारिएका जयनारायण पटेललाई सहिद घोषणा गर्न पहल गर्नेसहितको सहमति कार्यान्वयनका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

स्थानीयस्तरमा भएको सहमतिमा मृतकका परिवारलाई अधिक्तम राहत दिन पहल गर्ने, मृतक पटेलको सालिक बनाउन पहल गर्ने, उनको घरसम्म कालोपत्रे सडक पुर्‍याउने, छानविन गरी दोषीलाई कारबाही गर्ने लगायतका छन् ।दुई दिनअघि स्थानीय सडकको विषयमा बढेको विवाद साम्य पार्ने क्रममा प्रहरीले गोली चलाउँदा स्थानीय जयनारायण पटेलको मृत्यु भएको थियो भने अन्य २ जना घाइते भएका छन् । प्रदर्शनमा गोली चलेपछि झन् आक्रोसित भएका स्थानीयले पटलको शव बाटोमा राखेर प्रदर्शन गरेका थिए भने स्थानीय प्रशासनले शनिवार र आइतबार कर्फ्यु समेत लगाएको थियो ।


  •  
  •  
  •