संवाद समितिको म्याद ३० गतेसम्म थप

67
  •  
  •  
  •  

काठमाडौं, २४ असोज (ओएनएस) : संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको म्याद ६ दिन म्याद थप भएको छ । शुक्रवार बसेको कर्यव्यवस्था परामर्श समितिको बैठकले सहमतिको संभावना रहेको निष्कर्ष निकाल्दै ६ दिन समय थप गर्ने निर्णय भएको समिति सदस्य गोपाद दहितले जानकारी दिए ।

अब बस्ने संविधानसभाले समितिको म्याद थपको औपचारिक घोषणा गर्दैछ । समितिले असोज ३० गतेसम्म मुख्य विवादित विषयमा सहमति जुटाइसक्नुपर्ने छ । स्रोतका अनुसार एमाअमोवादीसहितका विपक्ष दलहरुको माग बमोजिम उच्चस्तरीय राजीतिक संयन्त्र गठन भएको, सत्तापक्ष दलहरुपनि संविधनका विवादित विषयमा केही लचकताकासाथ प्रस्तुत हुने संकेत देखिएको भन्दै सहमतिको म्याद थप गरिएको हो ।

संविधानसभाले जारी गरेको कार्यतालिका अनुसार संवाद समितिलाई भदौ २१ गते भित्र सहमति जुटाउने जिम्मेवारी दिइएको थियो । सो अवधिमा प्रमुख दलहरुले आफ्नो अडान नछोडेपछि मुख्य विवादित विषयमा सहमति जुटेको थिएन् । पछि विवादित विषयमा सहमति जुटाउन भन्दै पुन म्याद थप गरिएको थियो । सो अवधिमा पनि सहमति नजुट्ने पछि पुन म्याद थप गर्ने निर्णय भएको हो ।


  •  
  •  
  •