सहमति जुटाउने जिम्मा शीर्ष नेतालाई

222
  •  
  •  
  •  

काठमाडौं, १ साउन (ओएनएस) संविधानसका अन्र्तवस्तुमा सहमति जुटाउन प्रमुख दलका शीर्ष नेताको अनौपचारिक बैठक गर्ने निर्णय गरेको छ ।

बिहीवार बसेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकले शीर्ष नेताहरुको अनौपचारिक बठैक गरी संविधानका अन्र्तवस्तुमा सहमति खोज्ने सहमति भएको समितिका सचिव मुकुन्द शर्माले जानकारी दिए ।
पहिलो संविधानमा सबै दलले आफ्नो अडान नछाडेका कारण संविधान बन्न नसकेको निष्कर्ष निकाल्दै समितिले संविधानका अन्र्तवस्तुमा सहमति जुटाउन शीर्ष नेताहरुको अनौपचारिक बैठक गर्ने निर्णय गरेको हो ।

समितिमा विगत केही दिनदेखि राज्य पुर्नसंरचनाका सहमतिका बुँदामा सहमति जुटाउने काम भइरहेको छ । तर समितिको बैठकमा पनि सदस्यहरुले आफ्नो दलीय अडान नछोडेपछि शीर्ष नेताको अनौपचारिक बैठकमार्फत संविधानका अन्र्तवस्तुमा सहमति जुटाउने काम हुन लागेको हो ।

समितिका सभापति डा. बाबुराम भट्टराईले राज्य पुर्नसंरचनका विषयमा सहमति जुटाउन विभिन्न उपसमिति गठन गरिने जानकारी केही दिन अगाडि पत्रकार सम्मेलन गरी दिएका थिए ।

संविधानसभाले सहमति भएका विषयमा संविधान मस्यौदा समितिमा र असहमति भएका विषय संवाद समितिमा पठाएको छ ।

असहमतिका विषयमा समितिको पुर्ण बैठकमा प्रारम्भिक छलफल गर्ने र त्यसमा सहमति जुटाउन उपसमितिमा पठाइने र विवाद कम गर्ने तथा शीर्ष नेता सम्मिलित उपसमितिले विवादको अन्त्य गरी समितिको पुर्ण बैठकले त्यसलाई अन्तिम रुप दिने गरी काम भइरहेको छ ।

बिहीबार बसेको समितिको बैठकले पहिलो संविधानसभामा विवाद समाधान उपसमितिले सहमति गरेका विषयलाई स्वामित्व ग्रहण गरेर अघि बढ्ने सहमति भएको छ ।


  •  
  •  
  •