अल्प विकसित मुलुकको बैठक आजदेखि

281
  •  
  •  
  •  

काठमाडौं १ पुस (ओएनएस) :  एसिया प्यासिफिक क्षेत्रमा रहेका १३ अल्प विकसित मुलुकको बैठक आजदेखि काठमाण्डुमा सुरु हुँदैछ । मन्त्रीस्तरीय बैठकमा नेपाल, बंगलादेश, अफगानिस्तान, भुटान, कम्बोडिया, किरिवाटी, लावो, म्यानमार, सोलमन आइसल्यान्ड, टिमोर–लेस्टे, टुभालु, भनौतु र यमनका मन्त्री तथा उच्चस्तरका अधिकारीको सहभागिता रहनेछ । तीनदिने बैठक दातृ निकाय तथा मुलुकका प्रतिनिधि, राष्ट्रसंघका उच्च अधिकारीहरू पनि सामेल हुनेछन् ।

बैठकको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले गन कार्यक्रम तय भएको छ । राष्ट्रसंघका उपमहासचिव तथा अतिकम विकसित, भूपरिवेष्ठित तथा साना टापु मुलुक हेर्ने उच्च प्रतिनिधि ज्ञानचन्द्र आचार्य, राष्ट्रसंघका लागि नेपालमा स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई पनि सहभागि हुनुहुनेछ ।

साढे तीन वर्ष अघि टर्कीको स्तानबुलमा भएको अल्पविकसित मुलुकको चौथो राष्ट्रसंघीय सम्मेलनले सन् २०२० सम्ममा कम विकसित मुलुकलाब्ई विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्य लिएको थियो । विकासशील मुलुकमा पुग्ने नेपालको तयारीको बारेमा साथी लिलप्रकाश चन्दले पराराष्ट्र मन्त्रालय मातहतको संयुक्ता राष्ट्र महासंघ महाशाखा प्रमुख सहसचिव तारा पोखरेलले  मन्त्रीस्तरीय एसिया प्यासिफकको बैठकमा यस क्षेत्रको अवस्थाबारेमा छलफल हुनेछ ।


  •  
  •  
  •