काठमाडौँ, २७ भदौ (ओएनएस) : एकल महिलालाई न्याय र शिप प्रदान गर्दै नावालाकलाई आमाको नामबाट परिचयपत्र दिलाउन ‘समिदा महिला विकासमञ्च मार्फत लागिपरेकीछन् महिला अधिकारकर्मी समी थापा । १६ बर्षको उमेरमा प्रेम विवाह गरेकी उनलाई महिला अधिकारका लागि लड्ने स्थानमा उनकै श्रीमानले पुर्याए । कलिलो उमेरमा विवाह गर्दा श्रीमान र उसको परिवारवाट शारिरीक र मानसिक यातना सहेर उनी लडिन ।
दुःखमा माइतीले समेत साथ छोड्दा उनको आत्मसम्मानले भने उनको साथ छोडेन । धनाड्य परिवारकी बुहारी बनेर भित्रिएकी उनी यातना सहन नसकेर सम्पतीका नाममा पाँच लाख र दुधे छोरी बोकेर एक्लै यात्र गर्न निस्किएकी थिइन् ।
आज छोरा १२ बर्ष पुगेको छ । दुःखक बिच उनले छोरालाई राम्रो संस्कार र शिक्षा दिइन् । साथमा आफ्नो अतितमा घटेका हरेक घटना उनले छोरासँग बाडेकीछन् । ‘म चाहान्छु मेरो छोरासँग केही कुरा नलुकोस । आखिर उसले पनि थाहा पाउनुपर्यो नी उसकी आमाले कुन स्तरबाट दुःख गरेर अगाडि बढ्दै छ’, भन्दै उनले आफूलाई परेको पिडाले अरु महिलाकाबारेमा सोच्न बाध्य बनाएको सुनाइन् । काठमाडौंमा जन्मेहुर्केकी उनलाई समाजमा जान र महिलाका बिषयमा वकालत गर्न गाह्रो भएन । साथमा उनी विदेशीसाथीसँग जनसम्पर्क स्थापित गर्दे समिदालाई बलियो बनाउन लागि परेकीछन् ।
सन् २०११ बाट सुरु भएको उनको संस्था समिदा नेपालमा हाल ८३ जना सदस्य छन् । साथै आफ्नै पौरखबाट उनले महिलालाई शिपमूलक तालीम दिनुका साथै एकल महिलाका २६ बच्चालाई समेत शिक्षादिक्षा उपलब्ध गराउदै आएकीछन् । महिला र बालवालीकाका क्षेत्रमा कार्यरत यो संस्थाले बिभिन्न क्याम्पियन चलाउदै आएको छ । इराकमा बालिकामाथी शोषण भएको देखेर समिदाले नेपालमा ‘ब्रिङ ब्याक आउट गर्ल’ अभियान चलायो । पछिल्लो समय उनी आफैले भोगेको समस्या सम्पुर्ण एकल महिलाका बिषय हो भन्दै आमाको नामबाट नाबालक परिचय पत्रको माग गर्दै आन्दोलनमा उत्रिएको छ ।
‘छोराको परिचय पत्र बनाउन सिडियो कार्यलय गएको सिडियोले सिफारिस दिन मानेन । जुन देशमा आमाको नामबाट नागरिक बन्ने अवस्था आएको छ त्यहा परिचय पत्र पाउन समेत मुस्किल छ । मैले त अधिकारकर्मी भएर यस्तो समस्या भोगे सामान्य महिलाको अवस्था के होला ? भन्दै उनले सम्पुर्ण एकल महिलाका लागि समिदा नेपाल लड्दै आएको सुनाइन् ।
उनको अभियानमा गायक निर्णय एनएसकेले समेत सघाउदै आएकाछन् । निर्णयले आफ्नो गीति एल्बमको कमाईको पंचास प्रतिशत समिदाका बालबालीकालाई सहयोग स्वरुप उपलब्ध गराउदै आएकाछन् । साथमा उनी बालबालीकालागि कपी, कलम र पुस्तक समेत निशुल्क उपलब्ध गराउछन् ।