सिके राउतसँगको सम्झौताको विरोधमा सिटी जुलुस

368
  •  
  •  
  •  

सर्लाही, २८ फागुन(ओएनएस) : सरकार र सिके राउतबीच भएको ११ बुँदे सम्झौताको विरोधमा सर्लाहीका विद्यार्थीहरुले सिटी जुलुस निकालेका छन् ।

सर्लाहीको हरिवनमा रहेको चर्तुभुजेश्वर जनता बहुमुखी क्याम्पसका विद्यार्थीहरुले मंगलबार सिटी जुलुस निकालेका हुन् ।

सरकारले देशद्रोही सिके राउतसँग सम्झौता गरी राष्ट्रघाती निर्णय गरेको भन्दै त्यसको विरुद्धमा सिटी जुलुस निकालिएको स्ववियु सभापति प्रज्जव ढुंगानाले जानकारी दिएका छन् ।

विद्यार्थीहरुले सहमतिको बुँदानम्बर २ र ६ को सम्झौता विरुद्ध सिटी जुलुस निकालेको सभापति ढुंगानाको भनाइ छ ।


  •  
  •  
  •