बैकल्पिक उर्जा वित्तियकरण सम्झौता

107
  •  
  •  
  •  

काठमाडौं । बैकल्पिक उर्जा क्षेत्रमा नेपालकै सबभन्दा ठूलो व्यापारिक आयोजना निर्माणका लागि रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले बैंक अफ काठमाण्डूलि.को अगुवाईमा सिटीजन बैंक इन्टरनेशनललि. तथा नेपालबंगलादेश बैंक लिमिटेडसंग वित्तियकरण सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

बुटवल तिलोत्तमा वडा नं. ७ मा ६५.४६ करोड लगानीमा २६ विगाहाजग्गामा ३२,००० सोलार प्यानलभएको ८.५ मेगावाटको सौर्य फर्मबाट ३३ केभीप्रसारण लाइनमार्पmत १ करोड ४५ लाख १० हजार ५८४ किलोवाट युनिट विद्युत उत्पादन हुनेछ र यस आयोजनाबाट उत्पादन हुने विद्युत व्याट्रीमा स्टोरेज नभई उत्पादन कै समयमासिधै राष्ट्रिय ग्रीडमा समाहीत हुनेछ ।

स.न. २००१मा बैंक अफ काठमाण्डू र अरुण भ्यालीहाईड्रो कम्पनीको सम्झौता अनुसार नेपालकै पहिलो निजि छेत्रको लगानीमा संखुवासभाको पिलुवाखोलामा ३ मेघावाटको हाईड्रोपावरको निर्माण गरिएको पनि प्रेस विज्ञप्तिमा जनाइएको छ ।


  •  
  •  
  •