‘ब्रेक्जिट’ सम्झौता दोस्रोपटक पनि अस्वीकृत

537
  •  
  •  
  •  

एजेन्सी : बेलायती प्रधानमन्त्री टेरिजा मेले प्रस्ताव गरेको युरोपेली संघ ‘इयु’बाट बेलायत बाहिरिने ‘ब्रेक्जिट’ सम्झौता दोस्रोपटक पनि अस्वीकृत भएको छ ।

मंगलबार संसदको तल्लो सदनको ठूलो बहुमतले प्रस्ताव अस्वीकृत गरेको हो । ‘ब्रेक्जिट’ सम्बन्धी प्रधानमन्त्री मे को प्रस्तावको पक्षमा १ सय ४९ र विपक्षमा ३ सय ९१ मत परेको हो ।

मे को प्रस्ताव संसदमा १ सय ४९ मतले पराजित भएको हो । प्रस्ताव अस्वीकृत भएपछि प्रधानमन्त्री मेले आफू निकै दुखित् भएको बताएकी छन् । मेले सांसदहरूलाई ढिलो गरि हुने बहिर्गमन चाहेको वा अर्को जनमत संग्रह चाहेको भन्दै त्यसवारे निर्णय लिन पनि भनेकी छन् ।

विपक्षी लेबर पार्टीका नेता जेरेमी कर्बिनले भने प्रधानमन्त्रीको प्रस्ताव स्पष्ट रूपमा विफल भइसकेकोले अब आमचुनावको घोषणा हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री मे को योजना पुनः विफल भएपछि ब्रेक्जिटको प्रक्रिया अन्यौलमा परेको छ । बेलायत आगामी मार्च २९ मा इयुबाट औपचारिक अलग हुँदैछ ।


  •  
  •  
  •