सम्वाद तथा सहमति समितिको बैठक आज फेरि बस्दै

160
  •  
  •  
  •  

sambad
file photo

काठमाडौं १७ मंसिर (ओएनएस) :
शीर्ष नेतृत्वमा विवाद समाधान गर्ने जिम्मा लगाएर स्थगन संविधानसभा संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक आज फेरि बस्दैछ । तर यो बिचमा शीर्ष तहको छलफल औपचारीकमा समिति भएको छ । दिउँसो २ बजे बस्ने बैठक सम्वाद समितिमा अएका प्रस्ताव र त्यसलाई संविधानसभामा प्रवेश गराउने प्रक्रियाका विषयमा छलफल हुनेछ ।

संविधानका अन्तरबस्तुमा रहेका विवाद सुल्झाउनका लागि शीर्ष नेताहरुले केही दिन समय माग गरेपछि संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको  बैठक स्थगित गरिएको थियो ।

सबै परामर्शहरुमा पहिलेका तीनवटै प्रतिवेदन सहमतिले नै पठाएको र नियमावलीमा पनि छुट्टै कुनै किटान नभएको हुनाले प्रतिवेदनबारे पनि सहमतिबाटै निर्णय गर्नु उपयुक्त हुन्छ भन्ने सुझावहरु आएका थिए । सोही सुझावका आधारमा सभापति भट्टराईले शीर्ष नेताहरुलाई सकेसम्म अन्तरबस्तुमा सहमति गर्न, अन्तरबस्तुमा नभए कमसेकम प्रक्रियामा भए पनि सहमति गर्न आग्रह गरेका थिए ।


  •  
  •  
  •