माछापुच्छ्रे र महालक्ष्मीबीच सम्झौता

530
  •  
  •  
  •  

काठमाडौं, २० चैत(ओएनएस) : माछापुच्छ्रे बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बिमा सेवा दिने विषयमा सम्झौता भएको छ ।

सम्झौतामा माछापुच्छ्रे बैंकले देश भर रहेका आफ्ना ९७ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बिमा योजनाहरु बिक्री गर्न सक्नेछन् ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले सार्वाधिक बिमा योजना, डबल सावधिक बिमा योजना र लगानी फिर्ता बिमा योजना सार्वजनिक गर्दै माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको छ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले हाल सम्म २३ वटा शाखा तथा उपशाखा सञ्चालनको तयारी गरिसकेको छ ।सम्झौतामा माछापुच्छ्रे बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत रामश्वर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।


  •  
  •  
  •