प्रधानमन्त्री र सिके राउतले आज एकै मञ्चबाट सम्बोधन गर्ने

274
  •  
  •  
  •  

काठमाडौं, २४ फागुन(ओएनएस) : प्रधानमन्त्री केपी ओली र पृथकतावादी गतिविधि गरिरहेका डा.सिके राउत आज एकै मञ्चबाट सम्बोधन गर्दैछन् ।

दिउँसो १ बजे राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा राउतले अखण्ड नेपाल स्वीकार गर्ने घोषणा गर्ने बताइएको छ ।
उनी यसअघि स्वतन्त्र मधेसको एजेन्डासहित गतिविधि गरिरहेका थिए ।

राउत जिल्ला अदालत रौतहटको आदेशपछि पुर्पक्षका लागि थुनामा रहेका थिए ।  बिहीबार राउत सर्वोच्च अदालतको आदेशमा उनी साधारण तारेखमा रिहा भएका हुन् ।

राउत लामो समयदेखि मधेसलाई नेपालबाट छुट्याउनुपर्ने अभियानमा थिए ।


  •  
  •  
  •